काठमाडौँ । आम जनता पार्टी (आजपा) ले सरकारले मनोमानी कर लिइरहेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
आइतबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुँदै पुनः कमलादीमै पुगेर सम्पन्न भएको छ ।
प्रदर्शनका क्रममा ‘कर आतंक बन्द गर, दलाल दलतन्त्र मुर्दावाद, जनता लुट्न पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन’ जस्ता नारा लगाइएको छ ।