काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन् । आइतबार काठमाडौँस्थित भारतीय राजदूतावासको कार्यालयमा पुगेर उनले सिंहप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
गत बिहीबार राति उपचारको क्रममा सिंहको निधन भएको थियो । उनको नयाँ दिल्लीस्थित निगमघाटमा अन्तिम संस्कार गरिएको थियो ।
भारतीय राजदूतावासमा राखिएको शोक पुस्तिकामा परराष्ट्र मन्त्री राणाले श्रद्धाञ्जलीका शब्दहरू लेखेकी छिन् ।
‘डा। सिंह एक दूरदर्शी नेता र नेपालका सच्चा मित्र हुनुहुन्थ्यो । लोकतन्त्र र विकासमा उहाँको सहयोगका लागि नेपाली जनताले उहाँलाई सधैँ कदर गरिरहनेछ,’ श्रद्धाञ्जली व्यक्त गरेपछि उनले सामाजिक सञ्जालमार्फत् भनेकी छिन् ।
सिंहको ९२ वर्षको उमेरमा निधन भएको हो ।