७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन मन्त्री शाहीको दाबी : अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउने काम अघि बढेको छ 

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउने काम तीव्र रूपमा भइरहेको बताएका छन्। 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको २९औँ वार्षिकोत्सवका अवसरमा आइतबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले चिडियाखानालाई विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट प्राणी उद्यान बनाउन भक्तपुरको सूर्य विनायकमा काम भइरहेको बताएका हुन्। 

राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष समेत रहेका ठकुरीले नेपाललाई प्रकृतिमय र सम्भावनाको केन्द्रका रूपमा विकास गर्दै वनलाई सम्भावना र समृद्धिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए।

सदर चिडियाखानाको व्यवस्थापन कोषले गर्ने गरी निर्णय भएको भन्दै सोको कार्यान्वयन प्रयोजनका लागि सम्झौता भइसकेको उनले बताए। मन्त्री ठकुरीले चिडियाखानाले वन्यजन्तुको उद्धार, उपचार र पुनः स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंसा समेत गरे। प्रकृतिको संरक्षण गर्दै जलवायु परिवर्तनको असरको न्यूनीकरण गर्ने जिम्मेवारी सबैको भएको उनको भनाइ छ। 

१९८९ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेर जङ्गबहादुर राणाले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ६० वर्षका लागि हस्तान्तरण गर्ने भनी २०५२ पुस १४ गतेको मन्त्रिपरिषदबाट निर्णय भएको थियो। सोही निर्णय भएको दिनलाई कोषले चिडियाखानाको वार्षिकोत्सवका रूपमा मनाउँदै आएको छ। 

प्रतिक्रिया दिनुहोस