काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको सिफारिसका आधारमा प्रदेश निजामती सेवाका विभिन्न सेवा/समूहका ६ जना कर्मचारीलाई अधिकृत स्तर सातौँ तहमा बढुवा गरेको छ।
बढुवा समितिको मिति २०८१/०९/१४ गते आइतबार बसेको बैठकमा प्रदेश कृषि सेवा/बाली संरक्षण/ भेटेरिनरी, प्रदेश वन सेवा /जनरल फरेस्ट्री तथा शिक्षा सेवा/शिक्षा प्रशासन अन्तर्गत रहेका विभिन्न समूहका पदमा उम्मेदवारहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।
