७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरेक दिन सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य

अ+ अ-

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । पार्टीका सम्पूर्ण पदाधिकारीहरूलाई हरेक दिन सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य गरिएको छ ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पदाधिकारीहरूलाई पार्टीको सकारात्मक प्रचार-प्रसारमा अनिवार्य जोड्न र त्यसलाई अनुगमनसमेत गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।

उनका अनुसार पार्टीका सम्पूर्ण पदाधिकारीहरूले सामान्यतः हरेक दिन पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, एक्स, टिकटक आदि) मा गर्नु पर्नेछ ।

बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूले सो पोस्ट गरे(नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्नेछ । मासिक रूपमा २० वटा बढी पोस्ट आए राम्रो, १०-२० आए औसत, ३-१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिनेछ। सो मूल्यांकन अन्य जिम्मेवारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ ।’

पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरिहरूले पुस मसान्तसम्ममा आ(आफ्नो सामाजिक सञ्जाल अनुगमन समिति गठन गर्न समेत निर्देशन दिइएको छ ।

पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरुद्धमा अभिव्यक्ति दिने, बोल्नेरलेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्न नपाइने भएको छ ।

निर्णयमा भनिएको छ, ‘सो गरेमा पार्टीको विधानअनुसार कारबाही हुने प्रावधान छ। पार्टीका कमीकमजोरीहरू वा पार्टीका पदाधिकारी, सभासद् वा मन्तीहरूविरुद्ध कुनै कुरा भएमा पार्टीका गुनासो सुन्ने सम्बन्धित पदाधिकारी समक्ष, वा पार्टीको आन्तरिक बैठकमा अनुशासित भएर राख्नु पर्दछ, वा लिखित रूपमा आफ्नो तहको समिति वा अन्तिममा केन्द्रीय अनुशासन समितिको ध्यानाकर्षण गराउनु पर्दछ।’

पार्टीको सदस्य भएमा पार्टीबाट लाभ मात्रै खोज्ने होइन कि पार्टीप्रति आफ्नो जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ ।

‘पार्टीमाथि कुनै पनि तरिकाले आक्रमण भएमा सदस्यले प्रतिरक्षा पनि गर्नु पर्दछ । पार्टीको कुनै पदाधिकारी वा मन्तीप्रति तपाईँको गुनासो भएमा वा उहाँहरूले तपाईँको कार्य नगरिदिँदा आक्रोशित भएर पूरै पार्टीलाई नै बदनाम हुने गरी सामाजिक सञ्जालमा पोस्ट गर्ने वा सो किसिमका गतिविधि गर्ने कार्य गर्नु हुँदैन’ नेता कार्यकर्तालाई भनेको छ ।

पार्टीका कुनै २-४ पदाधिकारी गलत भयो वा पार्टीका कुनै सांसद वा मन्त्रीले भनेअनुरूप काम नगर्दैमा पार्टी नै खराब भन्न नमिल्ने तर्क गरिएको छ ।

प्रतिक्रिया दिनुहोस