३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धिका पक्षमा वर्तमान सरकार : महासचिव पोखरेल

अ+ अ-

देउखुरी (दाङ) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली काँग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताएका छन् । 

एमाले दाङको प्रचार तथा प्रकाशन विभागले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय पार्षद्, प्रदेश पार्षद् तथा सदस्यहरूको सम्मानमा आज दाङको घोराहीमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थिरता, अर्थतन्त्र सुधार र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरे । 

देशमा अराजकता र बेथिति चाहनेहरूबाट सरकारको भविष्यका बारेमा अनावश्यक टीकाटिप्पणी हुनुलाई बेमौसमी बाजाको संज्ञा दिँदै उनले सरकारको विरोध गर्नुको सट्टा रचनात्मक सहयोग गरी देश र जनताको पक्षमा उभिन सम्बद्ध पक्षको ध्यानाकर्षण गरे । 

उनले भने, “राजनीतिक अस्थिरताका कारण मुलुकको विकास निर्माण तथा आर्थिक पक्ष प्रभावित भएको छ, यस अवस्थामा अपेक्षा गरिएअनुसारको परिणाम आउन केही समय लाग्छ, यो सरकार बनेपछि अहिले विकास निर्माणले लय लिन थालेको छ, धैर्य गरौँ, अर्थतन्त्रमा सुधार सहित विकास–निर्माणले गति लिनेछ ।”

बैंकको ब्याजदर घटे पनि आर्थिक तरलता बढेको तथा लगानी गर्न व्यवसायी उत्साहित नभएको प्रसङ्ग उल्लेख गर्दै महासचिव पोखरेलले भने, “ढुक्कसँग लगानी गर्नुहोस्, व्यवसायी तथा उद्यमीको पक्षमा सहयोग गर्न एमाले र काँग्रेस मिलेर बनेको यो सरकार तयार छ ।”

उनले भने, “देश विकास र सुशासनका लागि अब कुन–कुन विषयमा कानुन बनाउनुपर्ने हो त्यसको पहिचान गरी प्राथमिकताका साथ कानुन बनाइने छ । शासकीय सुधारका पक्षमा छ सदस्यीय कमिटीले काम गरिरहेको छ । आवश्यक संयन्त्रको व्यवस्थासहित ऐन, कानुन निर्माण गरी आर्थिक अपचलन तथा भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा काम गरिरहेको सरकारलाई सहयोग गर्ने दायित्व हामी सबैको हो ।”

फरक प्रसङ्गमा पत्रकार महासंघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै महासचिव पोखरेलले वर्तमान सरकारको भावना र ‘स्प्रिट’ लाई बुझेर सहयोग र सहकार्य गर्न पत्रकारजगत्को ध्यानाकर्षण गरे । 

सो अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रकाशन विभाग प्रमुख संगीता बस्याल, प्रेस चौतारी दाङका अध्यक्ष प्रमेबहादुर राम्जालगायत वक्ताले मुलुकको समसामयिक राजनीतिक गतिविधि र पत्रकार हकहितका विषयमा चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस