५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेल्जियम : सन् २०२४ को बिदाइसँगै ई-सिगरेटमाथि प्रतिबन्धको घोषणा

अ+ अ-

ब्रसेल्स, बेल्जियम । स्याउ, तरबुजा र कोलालगायत स्वादका कारण युवा पुस्तामाझ निकै लोकप्रिय रहेको एकल–प्रयोगका लागि बनेको विद्युतीय–चुरोट (डिस्पोजेबल डिस्पोजेबल ई–सिगरेट)को सेवनलाई बेल्जियमले प्रतिबन्धित गरेको छ ।

राष्ट्रिय तमाखुविरोधी योजनाको एक भागको रूपमा युवाहरूको स्वास्थ्यको रक्षाका लागी बेल्जियममा सन् २०२५ जनवरी १ देखि ‘डिस्पोजेबल भेप्स (विद्युतीय–चुरोट)’ हरू बेच्न निषेध गरिनेछ ।

युरोपियन युनियनले सन् २०४० सम्ममा सुर्तीजन्य पदार्थमुक्त उत्पादन हासिल गर्ने लक्ष्य लिएको छ, जसले २७ देशको समूहको धूम्रपान गर्ने जनसङ्ख्यालाई हाल २५ प्रतिशतबाट घटाएर पाँच प्रतिशतभन्दा कममा झार्ने छ ।

ईयूका केही देशले त्यो समयसीमालाई अगाडि ल्याउने योजना बनाएका छन् ।

पारम्परिक सुर्तीजन्य पदार्थको धुम्रपानभन्दा ‘भ्याप्स’लाई कम हानिकारक भनी विज्ञापन गरिएको छ ।

निर्माताहरूले युवा प्रयोगकर्ताहरूलाई उनीहरूको आकर्षक रङ्गीन पाकेट र मुख रसाउने स्वाद र प्रदूषित धुवाँ र गन्धबाट बच्न विद्युतीय चुरोटको प्रयोग गर्न प्रेरित गर्ने गरेको पाइन्छ ।

विद्युतीय चुरोटलाई सुरक्षित भनी निर्माताहरूले गर्ने प्रचारका बावज्द पनि यिनीहरूमा निकोटिन हुन्छ र यसले मानिसलाई धूम्रपानका लागि अत्यधिक लत लाग्छ ।

आलोचकहरूले प्रतिबन्धलाई यो अधिक पारम्परिक तमाखु उत्पादनहरूको लागि सम्भावित कदम भएको दाबी गरेका छन् ।

बेल्जियमको धूम्रपानविहीन समाज गठबन्धन प्रवक्ता नोरा मेलार्डले भने, “समस्या के हो भने युवाहरूले आफ्नो निकोटिनको मात्रा थाहा नपाई भ्याप्स प्रयोग गर्न थाल्छन् र निकोटिन लतमा फस्छन्।”

उनले एएफपीसँग भने, “हामीलाई प्राप्त जानकारी अनुसार युवाहरूले रातको समयमा उठेर विद्युतीय चुरोट सेवन गर्छन् र यो धेरै चिन्ताजनक विषय हो ।

बेल्जियमले पाँच वर्ष भन्दा पहिले बजारमा आएका डिस्पोजेबल ई–सिगरेटद्वारा उत्पन्न खतराहरूबारे द्रुत रूपमा प्रतिक्रिया जनाउँदै सन् २०२१ मा संघीय सरकारले इयूको कार्यकारी निकाय युरोपेली आयोगमा डिस्पोजेबल भेप्समाथि प्रतिबन्ध लगाउने प्रस्ताव पेश गरेको थियो ।

कुनै पनि बिक्री प्रतिबन्धको लागि आफ्नो अनुमोदन दिनु पर्ने आयोगले मार्च २०२४ मा बेल्जियमलाई सकारात्मक प्रतिक्रिया दिएको र यसले राष्ट्रिय कानून लागू गर्न मार्ग प्रशस्त गरेको छ ।

फ्रान्सले पनि यस्तै प्रतिबन्धका लागि ईयूको स्वीकृति पाएको छ । कुनै पनि उल्लङ्घनको लागि एक लाख चार हजार अमेरिकी डलर बराबरको जरिवानासहित भेप्सको उत्पादन, बिक्री र निः शुल्क आपूर्तिमा प्रतिबन्ध लगाउनेछ कानुन कार्यान्वयनमा ल्याउने तयारी फ्रान्सले गरेको छ।

फ्रान्स र बेल्जियमका स्वास्थ्य अधिकारीहरूले निकोटिनको दीर्घकालीन सेवन विशेष गरी किशोरकिशोरीको मस्तिष्कका लागि हानिकारक हुने र यसले अन्य लागूपदार्थको प्रयोगलाई प्रोत्साहित गर्न सक्ने बताएका छन्।

सन् २०२३ मा इयूले गरेको एक अध्ययनअनुसार अधिकांश विद्युतीय चुरोट प्रयोगकर्ताले रिचार्जेबल भेप रोज्ने गरेको तर डिस्पोजेबल संस्करण १५ देखि २४ वर्ष उमेर समूहका युवामाझ लोकप्रिय रहेको पाइएको छ ।

कम लागत, सेवन गर्न सजिलो र सामाजिक मिडियामा जताततै विज्ञापन आएका कारण डिस्पोजेबल भेप्स पनि उनीहरूको आकर्षण हुने गरेको छ ।

पाँच वा छ यूरोमा पाइने डिस्पोजेबल भेप्स २० पाकेट चुरोटको आधा मूल्य हो । विशेषज्ञहरूका अनुसार नौ हजार सर्को तान्न मिल्ने क्षमता भएका केही भेप्समा ३०० भन्दा बढी चुरोटबाट पाउने सन्तुष्टि मिल्ने गर्छ ।

ब्रसेल्सका धेरै तमाखु पसलहरूमा एकल–प्रयोग ई–सिगरेटको अभाव भइरहेको देखिन्छ । प्रतिबन्धका कारण निर्माताले आफ्ना उत्पादनलाई रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस