८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनको हात्ती महोत्सव जंगली हात्तीको प्रवेशले बिथोलियो

अ+ अ-

काठमाडौँ । सौराहाको बाघमारा सामुदायिक वन परिसरमा भइरहेको हात्ती महोत्सवमा जंगली हात्ती माकुना प्रवेश गरेर कार्यक्रम बिथोलिदिएको छ ।

पाँच दिनदेखि सञ्चालित १८औँ हात्ती तथा पर्यटन महोत्सवको अन्तिम दिन आज समापन कार्यक्रममा दर्शकको उल्लेख्य भीड थियो । समापन कार्यक्रमअन्तर्गत पुरस्कार वितरण चलिरहेको थियो ।

सोही क्रममा बाघमारा सामुदायिक वनबाट माकुना हात्ती कार्यक्रम स्थल प्रवेश गर्‍यो । जंगली हात्ती प्रवेशपछि कार्यक्रम स्थलमा केहीबेर होहल्ला र भागाभाग भएको थियो । सुरक्षाकर्मीको टोलीले भगाउने प्रयास गरे पनि जंगली हात्ती फर्की-फर्की आउने प्रयास गरेको थियो ।

महोत्सव हेर्न पुगेका सर्वसाधारणलाई सुरक्षित स्थलमा जान अनुरोध गर्दै सुरक्षाकर्मीले भगाएपछि मकुना हात्तीले महोत्सवस्थलमा क्षति पुर्‍याउन पाएन ।

महोत्सवका संयोजक रामकुमार अर्यालले जंगली हात्तीलाई सुरक्षाकर्मीले भगाएपछि अवस्था सामान्य भएको बताए ।

बाघमारा सामुदायिक वन निकुञ्जबाट जंगली जनावर आवतजावत गर्ने कोरिडर रहेको कारण वन्यजन्तुलाई डिस्टर्ब नहुने गरी कार्यक्रम गर्न निकुञ्जले अनुरोध गर्दै आएको थियो । सो स्थानमा ठूलो आवाज निकालेर गीत बजाउने, कार्यक्रम गर्ने कार्य नगर्ने सहमति गरे पनि आयोजकले भने दिनदिनै कलाकार लगेर गीत तथा नृत्य प्रस्तुत गरेर ठूला आवाजमा गीत बजाइरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले कतिपय सहमति आयोजकले कार्यान्वयन नगरेकाले निकुञ्जले कार्यक्रमबारे समीक्षा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस