देउखुरी (दाङ) । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । सोहीअनुसारको शिक्षण गर्न उनले शिक्षकहरिलाई आग्रह गरेका हुन् ।
घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालय रझेनाको ६७ औँ वार्षिकोत्सका अवसर उहाँले परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदार मात्रै बनाएको बताए । हरेक विद्यालयले प्राविधिक धारको शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई सीपयुक्त बनाउन जरुरी रहेको उनको भनाइ थियो
“एउटा समय थियो, जति बेला हामीले राज्य सञ्चालनका लागि सरकारी सेवामा सहभागी हुने मानिस नहुँदा भारतबाट जनशक्ति मगाएर सरकारी सेवा दिनुपर्ने अवस्था थियो”, उनले भने । अब विश्व बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।