काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक ४ अंकले बढेर बन्द भएको छ। आज यो सेसनमा ४.११ अंकले बढेको हो।
प्रि-ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार ७३ रुपैयाँमा खरिदबिक्री भएको छ । जसमध्ये २१ स्टक्सको मूल्य बढेको छ भने २८ वटाको मूल्य घटेको छ । बाँकी ८ स्टक्सको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।