७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माको दाबी : ‘प्रचण्ड’ले बीपीलाई बुझ्न ढिला गर्दा देशमा हिंसात्मक द्वन्द्व भयो

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई कम्युनिस्ट आन्दोलनले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको बताएका छन् ।

सोमबार पूर्वकर्मचारी समाज नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बिपीको मेलमिलाप नीतिबारे व्याख्या गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो समाजलाई बिपीले पहिल्यै सँगै जाऔँ भन्नुभयो । कम्युनिस्ट आन्दोलनले यो कुरा बुझ्दै गर्दा ढिलो भएको उदाहरण हो, कमरेड प्रचण्ड हुनुपर्छ,’ महामन्त्री शर्माले भने, ‘मदन भण्डारीले जुन कालखण्डमा बिपीलाई बुझ्नुभयो, त्यही कालखण्डमा ‘प्रचण्ड’ले बुझ्नुभएको भए १० वर्षे हिंसात्मक द्वन्द्व हुँदैन थियो । यति धेरै मान्छे मारिनु पर्दैन थियो ।

उनले ‘प्रचण्ड’ पहिलो पटक प्रधानमन्त्री भएपछि सुन्दरी जलको जेलमा गएर बिपीका सामानहरू हेर्ने सुमसुम्याउने मात्रै भएको बताए ।

‘प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुनुभयो, सुन्दर जलको जेल जानुभयो, बिपीले प्रयोग गरेका सामानहरू हेर्नुभयो, बिपीले प्रधानमन्त्री छँदा लगाएको कोट सुमसुम्याउनुभयो । अनि बाहिर मिडियामा निस्केर भन्नुभयो, वीपी मेरो प्रेरणाको स्रोत भन्नुभयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस