१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै

अ+ अ-

झापा । कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । 

स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी पूरा भएको बताए । उनका अनुसार आगामी माघ २३ गतेदेखि सबै खोप केन्द्रबाट खोप सञ्चालन हुनेछ ।

प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य प्रमुख र केही स्थानीय तहहरूलाई मङ्सिर २३ देखि २६ गतेसम्मभित्र दुई समूहमा राखेर प्रदेशस्तरको अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको उनले जानकारी दिए । 

खोप अधिकृत भण्डारीका अनुसार आगामी माघको ३ गतेभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत सबै वडा, स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई बोलाएर खोप केन्द्र निर्धारण गर्ने र प्रचारलाई तीव्र बनाउन बृहत् योजनासहित अभिमुखीकरण गरिनेछ । माघ ४ देखि १२ गतेभित्रमा प्रदेशका सबै स्थानीय तहमा अभिमुखीकरण सकेर वडा तहका स्वास्थ्यकर्मीलाई खोपका लागि आवश्यक तालिम प्रदान गरिनेछ ।

आगामी माघ १२ देखि १५ गतेभित्र जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीबीच अभिमुखीकरण गरिने र १५ देखि १८ गतेभित्रमा स्थानीय तह, वडा खोप समन्वय समिति र विद्यालय शिक्षक, स्वयम्सेविकाहरुमाझ अभिमुखीकरण कार्यक्रम तय भएको जनाइएको छ । माघ १० गतेभित्रमा सबै जिल्लामा खोप पुर्‍याइसकिने खोप अधिकृत भण्डारीको भनाइ छ । हाल झापा, मोरङ, सुनसरी र धनकुटामा आवश्यक प्रचार सामग्रीहरू पुगिसकेको र बाँकी जिल्लामा तीन दिनभित्र पुर्‍याइने उनले बताए । 

खोपलाई प्रभावकारी बनाउन र समन्वय गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र र खोप साझेदार निकाय डब्लुएचओ वाटर हेडलगायतका टोली सहजीकरणको लागि जिल्लाहरूमा परिचालन गरिसकिएको उनले बताए । “प्रदेशमा खोपको कमी छैन”, उनले भने, “तर खोप सबै लक्षित किशोरीहरूमा पुर्‍याउन चुनौती छ । यसका राजनीतिक दल, सामाजिक क्षेत्र, स्थानीयवासी र सञ्चारकर्मीको सहयोगको अपेक्षा गरेका छौँ ।” 

विद्यालयबाहिर रहेका किशोरीहरू अधिकांश पिछडिएका, गरिबीका चपेटामुनिका हुँदा उनीहरूको पहिचान गरी खोप केन्द्रसम्म ल्याउन स्वास्थ्यकर्मीले मात्र नसक्ने हुँदा सबैको सहयोग आवश्यक रहेको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस