६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार एआईजी र दुई डीआईजीको बिदाइ

अ+ अ-

काठमाडौँ । प्रहरी सेवाबाट अनिवार्य अवकाश पाएका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहित छ जनाको औपचारिक बिदाइ भएको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआईजी किरण बज्राचार्य, भिमप्रसाद ढकाल, केदार ढकाल र भरतबहादुर बोहरा तथा डिआइजी विकासराज खनाल र डा. देउती गुरुङलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी अवकाश पाएका वरिष्ठ प्रहरी अधिकृतको व्यावसायिकता, संगठन प्रतिको निष्ठा, बहु आयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गरे ।

त्यसै अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अवकाशमा गएका एआईजी र डिआइजीलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा अनिवार्य अवकाशमा गएका एआईजी तथा डीआईजीले आ-आफ्नो सेवा अवधिमा गरेका विभिन्न कामको स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको उनीहरूको भनाई थियो ।

बि. सं. २०५१ चैत ५ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी एआईजी किरण बज्राचार्य पुस १६ मा, विसं २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका भिमप्रसाद ढकाल मंसिर २८ मा, विसं २०५१ चैत ५ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका केदार ढकाल मंसिर २२ मा र २०५१ चैत ५ मै प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवा प्रवेश गरेका भरतबहादुर बोहरा पुस १४ मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

साथै बि. सं २०५१ चैत ५ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका डिआइजी विकासराज खनाल ५६ वर्षे उमेर हदका कारण वैशाख ७ मा र विसं २०५१ पुस १५ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका डिआइजी डा. देउती गुरुङ ३० वर्षे सेवा अवधिका कारण पुस १५ मा अनिवार्य अवकाशमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस