७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल स्काउटका आयुक्त आशीर्वाद सुवेदीलाई जिम्मेवारीबाट हटाइयो

अ+ अ-

काठमाडौँ । विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल स्काउटका केन्द्रीय आयुक्त कारबाहीमा परेका छन् । 

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सचिव समेत रहेका आर्सीवाद सुवेदीलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारीबाट हटाएको हो । 

नेपाल स्काउटका प्रमुख स्काउटसमेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पुस ११ मा सुवेदीलाई जिम्मेवारीबाट हटाइएको जानकारी गराएका छन् । सुवेदी असोज २८ देखि कात्तिक ९ गतेसम्म ताइवानमा आयोजित स्काउटको एसिया प्यासिफिक क्षेत्रीय कार्यशालामा सहभागी भएको र सो क्रममा उनले एक विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको विषय बाहिरिएको थियो । सो कार्यक्रममा सुवेदीले आफ्नो शरीरका संवेदनशील अङ्गहरू जबरजस्ती छुन प्रयास गरेको भन्दै एक महिलाले विश्व स्काउटमा लिखित उजुरी गरेकी थिइन् । 

स्काउटको दक्षिण एसियाली क्षेत्रीय कार्यालय (एपीआर) मार्फत नेपाल स्काउटमा उक्त घटना छानबिनका लागि पत्र काटेपछि घटना बाहिरिएको थियो। छानबिनपछि नेपाल स्काउटले कानुनी सल्लाह र राय लिँदा सुवेदीले नेपाल स्काउट ऐन २०५० को दफा १८ को देहाय २(क) र सोही नियमावलीको नियम २९ बमोजिम स्काउट आचारसंहिताको गम्भीर उल्लङ्घन गरेको भन्दै जिम्मेवारीबाट हटाएको हो ।

प्रतिक्रिया दिनुहोस