काठमाडौँ । विशेष आर्थिक क्षेत्र (सेज)को कार्यकारी निर्देशकमा छत्रबहादुर कटुवाल नियुक्त भएका छन्।
मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले कटुवाललाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । यद्यपि निर्णय प्रमाणीकरण भने भइसकेको छैन ।
कार्यकारी निर्देशक नियुक्तिसँगै सेजको व्यवस्थापन, सञ्चालन र प्रवर्द्धनका कार्यमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।
सेज नेतृत्वले विशेष आर्थिक क्षेत्रभित्रका उद्योगहरूको सहजीकरण, नीतिगत सुधार र संरचनागत विकासमा विशेष योजनासहित काम गर्नु पर्ने देखिन्छ ।
हाल सेजको प्रभावकारिता र विकासलाई तीव्र बनाउने आवश्यकता रहेको सन्दर्भमा कटुवालको नियुक्तिलाई महत्वका साथ हेरिएको छ।