१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी

अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ प्रदर्शनीमा स्वदेश तथा विदेशी प्रकाशकहरू बिच कपीराईट टेबल म्याचिङ हुने नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए ।

उनले भने यो प्रदर्शनीमा भएको कपीराईट टेबल म्याचिङ नेपालमा पहिलो पटक अभ्यास गरिएको बताए । अहिले प्रकाशक र लेखकहरू बिच छलफल गरीरहनु भएको छ , उहाँहरूको निचोड आयपछि हामी अन्तिम दिन कुन कुन प्रकाशक र लेखकहरूको कपीराईट टेबल म्याचिङ तथा प्रकाशन सहकार्य भएको जानकारी पुस्तक प्रदर्शनीमा १३ देशका प्रकाशक,लेखक, निर्यात तथा विभिन्न शैक्षिक सामाग्री उत्पादकहरू सहभागिता रहेको छ ।

स्वदेशी तथा विदेशी ब्यबसायीहरुको १ सय ५० वटा स्टल रहनुका साथै चिन को छुटै स्पेस रहेको छ । पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि मूल नाराका साथ स्थापन भएको बताउँदै अध्यक्ष सागरले भने प्रदर्शनीमा चिन,भारत,जिम्बाबे,थाइल्यान्ड,श्रीलका,क्यानडा र बगलादेश लगायतका प्रकाशक तथा लेखकहरू रहेका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा जारी प्रदर्शनी २१ गते सम्म हुने छ ।

प्रदर्शनीका प्रमुख उद्देश्य भनेको सामाजिक रूपान्तरणका लागि चेतना चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्रीको आवश्यकता पर्ने कुरालाई आत्मसात् गरी प्रदर्शनी आयोजना गर्न लागेको महासंघका अध्यक्ष महासचिवले बताए ।

प्रदर्शनीमा देशभरबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूको समेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नुका साथै यस महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबिच शिक्षा साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास हामीले लिएका छौँ अध्यक्ष सागरले भने ।

यो एउटा पुस्तक प्रदर्शनी मात्र नभएर शिक्षा क्षेत्रको कुम्भ मेला हो, मेलामा देश विदेशका विषय विज्ञहरूसँग छलफलका साथै बहस कार्यक्रम समेत रहेको छ । महोत्सवमा भएका छलफललाई कार्यान्वयनमा लानका लागि हामीले सरोकार निकाय सँग पहल समेत गर्ने अध्यक्ष शिव सागरले बताए । प्रदर्शनीमा देशभरबाट पुस्तक सँग जोडिएका २ हजार भन्दा बढी व्यवसायी र विदेशबाट एक सयभन्दा बढी पाहुनाहरू आउनका साथै एक दर्जन भन्दा बढी देशका प्रकाशकहरू प्रदर्शनीमा सहभागी जनाउने सागरले बताए ।

प्रतिक्रिया दिनुहोस