७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व राष्ट्रपति भण्डारीसँग बुढानीलकण्ठमा प्रधानमन्त्री ओलीको दुई घण्टा लामो वार्ता

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच दुई घण्टाको लामो भेटवार्ता भएको छ।

प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न सोमबार बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त भेटमा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको हो।

नेकपा (एमाले) को आन्तरिक राजनीतिक सन्तुलन, भावी रणनीति र समसामयिक राजनीतिक घटनाक्रमको विश्लेषणलाई भेटको मुख्य एजेन्डाका रूपमा हेरिएको छ। पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी भण्डारीसँग प्रधानमन्त्री ओलीले समयसापेक्ष सुझाव लिएको बताइएको छ।

आफ्नो कार्यकालमा महिला सशक्तीकरण र राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी पूर्व राष्ट्रपति भण्डारीले अहिले पनि एमाले नेतृत्वको रणनीतिक परामर्शमा जोड दिँदै सक्रिय भूमिका खेल्ने संकेत देखिएको छ।

भेटको क्रममा एमालेभित्रका चुनौती, राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाको पुनः व्याख्या, र समसामयिक विषयहरूमा ठोस नीति बनाउन आवश्यक विषयमा गहन छलफल भएको श्रोतले जनाएको छ।

यस भेटलाई एमालेभित्रको राजनीतिक पुनर्गठन र आगामी निर्वाचन लक्षित रणनीतिक योजनासँग जोडेर पनि हेरिएको छ।

प्रतिक्रिया दिनुहोस