काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। कम्पनीले लिखित परीक्षामार्फत प्राविधिक र प्रशासनिक पदहरूमा कर्मचारी नियुक्त गर्ने जनाएको छ। इच्छुक नेपाली नागरिकहरूले तोकिएको मापदण्डअनुसार आवेदन दिन सक्ने छन् ।
सूचना अनुशार सातौँ तहको इन्जिनियरदेखि दुई तहको सहायक पदसम्म माग गरिएको छ । जसमा इन्जिनियर एक जना, अधिकृत(प्रशासन) चार, सव इन्जिनियर तीन, कार्यालय सहायक(प्रशासन) एक, असिस्टेन्ट सब इन्जिनियर(इलेक्ट्रिकल) एक, असिस्टेन्ट सब इन्जिनियर(सिभिल) एक र सहायक दुई पदका लागि दरखास्त आह्वान गरिएको छ ।
