७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आजदेखि प्रतिवादीहरूको तर्फबाट थुनछेक बहस

अ+ अ-

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत आजदेखि प्रतिवादीहरूको तर्फबाट बहस हुँदैछ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा जाहेरवाला तर्फको बहस हिजो (बिहीबार) सकिएपछि आजदेखि रास्वपा सभापति रवि लामिछानेसहित प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने भएका हुन् । बिहीबार एक सय २१ जना सहकारी पीडित (जाहेरवाला)का तर्फबाट ६ जना कानून व्यवसायीले बहस गरेका थिए ।

आज भने प्रतिवादी पूर्वडिआइजी छविलाल जोशीका ६ जना कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि रवि लामिछानेका १५ जना कानुन व्यवसायीले बहस गर्नेछन् । लिला पछाईंका तर्फबाट १ जना कानुन व्यवसायीले बहस गर्नेछन् भने बाँकी प्रतिवादीका तर्फबाट २र२ जना कानुन व्यवसायीले बहस गर्नेछन् ।

जाहेरवाला र प्रतिवादी बहस सकिएपछि सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस गर्नेछन् । त्यसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा धरौटी तारेखमा छाड्ने भन्ने फैसला–आदेश न्यायाधीशले सुनाउनेछन् ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ४४ जनाका विरुद्ध ७ पुसमा अदालतमा अभियोग पत्र दर्ता गरेपछि ८ पुसबाट सुरु भएको बयान मङ्गलवार सकिएसँगै मङ्गलवारबाटै थुनछेक बहस जारी छ ।

अभियोग पत्र दर्ता भएका ४४ जनामध्ये हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं शेयर धनी पूर्वडिआइजी छविलाल जोशी, जीवी राईको साझेदार एवं सहयोगी लीला पछाई, नेचर हब्र्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं शेयर धनी रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ, सहकारीकी कोषाध्यक्ष आरती गुरुङ र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

सात जनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीन जनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस