काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले सरकारी कर्मचारीको ‘राइट साइजिङ’ गर्नैपर्ने बताएका छन् । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।
यस अघि पनि राज्य व्यवस्था समितिको बैठकमै अध्यक्ष रेग्मीले नेपालमा कर्मचारी बढी रहेको बताएका थिए । उक्त अभिव्यक्ति स्मरण गर्दै माओवादी सांसद दुर्गा राईले ‘कति कर्मचारी आवश्यक हो ?’ भनेर सोधेकी थिइन् ।
जवाफमा रेग्मीले नेपालमा सरकारी कर्मचारीको आकार व्यवस्थापन गर्नैपर्ने बताएका हुन् । उनले भने, ‘बढाउनुपर्छ वा घटाउनुपर्छ भन्दिनँ तर पनि कर्मचारीको राइट साइजिङ गर्नैपर्छ ।’