३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आय आर्जन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

अ+ अ-

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताएका छन् । घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सवको उद्घाटन गर्दै उनले लुम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले कानून निर्माण गरेर प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि प्रदेश सरकारले कानून निर्माण गरिसकेको जनाउँदै उनले अब ऐन निर्माण गरेर छिट्टै कार्यान्वयनमा ल्याउने बताए । 

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई आयआर्जनसँग जोडेर थारु समुदायलाई आर्थिक रूपमा सम्पन्न गराउन प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गरे । 

लुम्बिनी प्रदेशका जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेलगायत वक्ताले कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांस्कृतिक विविधताले भरिएको क्षेत्र रहेको भन्दै कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका थिए ।

कार्यक्रम सञ्चालन हुनुअघि विभिन्न कला, संस्कृति र झाँकीसहित घोराही बजार परिक्रमा गरिएको थियो । थारुको मौलिक कला, संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वका रूपमा लिने गरिन्छ । महोत्सवमा थारु समुदायका मौलिक कला, संस्कृति, गीत, नाच र खानेकुराहरू प्रदर्शनमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस