११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३ प्रतिशत

अ+ अ-

सिरहा । चालु आर्थिक वर्ष २०८१/०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाको पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ । शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगर सभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गरेका हुन् । 

नगरप्रमुख चौधरीका अनुसार १४औँ नगर सभाबाट पारित जम्मा रू एक अर्ब २३ करोड एक लाख ९२ हजार आय र व्ययको अनुमानसहितको वार्षिक बजेटबाट हालसम्म जम्मा रू २८ करोड ५६ लाख ५० हजार खर्च भएको छ । यसमध्ये चालु खर्चतर्फ रू २४ करोड २३ लाख तीन हजार अर्थात् १९ दशमलव ७० प्रतिशत रहेको छ । 

त्यसैगरी पुँजीगतअर्थात् विकास खर्चतर्फ रू चार करोड ३३ लाख ४७ हजार अर्थात् तीन दशमलव ४५ प्रतिशत खर्च भएको हो । यहाँ २४ वटा वडा रहेका छन् । नगरप्रमुख चौधरीले १४औँ नगर सभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना तथा कार्यक्रम दुई दिन चल्ने बन्द-शत्रमा छलफल गरी पारित गर्ने जानकारी दिए। 

शुक्रबार उद्घाटन गरिएको १५औँ हिउँदे नगरसभाको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका थिए। स्थानीय शासन सञ्चालन ऐन, २०७४ मा नगरसभा वर्षमा दुई पटकसम्म गर्न सकिने भनी उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस