२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला क्रिकेट : अछामको सान्त्वना जित

अ+ अ-

बैतडी । प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगितामा अछामले सान्त्वना जित निकालेको छ । प्रतियोगिताबाट बाहिरिसकेको अछामले सान्त्वना जित निकाल्ने क्रममा डोटीलाई २४ रनले पराजित गरेको हो ।

दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ‘ब्याटिङ’ गरेको अछामले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३५ रन बनायो । अछामका रबिना साउदले अर्धसतकीय पारे खेल्दै अविजित ५२ रन जोडिन् । जारी प्रतियोगितामा साउद अर्धसतक हिर्काउने पहिलो खेलाडी बनिन् । डोटीका रेश्मी विष्टले दुई विकेट लिइन् ।

जवाफी ब्याटिङ गरेको डोटी १७ दशमलव चार ओभरमा एक सय चार रनमा अलआउट भयो । डोटीका अल्फा श्रेष्ठले ३९ रनको योगदान गरिन् । अछामका लागि रबिना साउद र वबिता धामीले समान तीन÷तीन विकेट लिए । यो खेलमा रबिना ‘प्लेयर अफ दी म्याच’ चुनिएकी छिन् ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सह आयोजना यही पुस १९ गतेदेखि सुरु भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ । 

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता आगामी माघ पहिलो सातादेखि धनगढीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस