काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। उपत्यका, मध्य र पश्चिम तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउसो हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।