१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर 

अ+ अ-

काठमाडौँ ।  सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ । 

 सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएपछि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु पर्ने अवस्था सिर्जना भएको सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्र बहादुर सिंहले प्रशासनलाई जानकारी दिए । 

 सोही क्रममा रामनगर गाउँपालिका–५ वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले चेकिङलाई अवरोध गर्न खोजेका थिए । आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट समेत लागेको सिंहले बताए । यादवको उपचार जनकपुर न्युरो अस्पतालमा भइरहेको छ । त्यसपछि स्थिति नियन्त्रण लिने क्रममा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । 

यता वडा अध्यक्ष श्रीनन्दन प्रसाद यादव भने प्रहरी चेकिङलाई अवरोध गर्न खोजेको कुरा सत्य नभएको बताएका छन् । उनले प्रशासनसँग भने, ‘प्रहरीले चेकिङ गर्ने ठाउँ नजिक चिनिमिल भएकाले धेरै सवारी साधन रोक्दा मानिसलाई आउजाउ गर्न असहज भएकाले सामान्य कारबाही गरेर छोडिदिन अनुरोध गर्दा प्रहरीले नमानेकाले सवारीमा सवारी केही व्यक्तिसँग भनाभन भएको हो । तर आफूले प्रहरीमाथि आक्रमण गर्न भनेको होइन ।’ उनले नागरिकको सहजताको लागि कुरा भने मिलाउन खोजेको बताए । यसबारे गाउँपालिकाका अध्यक्ष राजा बाबु यादव भने अनविज्ञ छन् । 

यसबारेमा प्रशासनले बुझ्न खोज्दा आफ्नो पालिकामा त्यस्तो घटना केही नभएको बताए । उनले भने, ‘सामान्य भनाभन भएको होला, यसको बारेमा सिडिओ साबले फोन गर्नुभएको थियो केहीबेरमा छलफल गरेर समस्या भए समाधान गर्न तर्फ लाग्छौँ ।‘ प्रहरीका अनुसार अहिले झडपको बारेमा अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस