११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुन्छ’

अ+ अ-

ललितपुर । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भएकाले थप क्रियाशीलताका लागि आग्रह गरेका छन् । 

नेपाल पत्रकार महासंघ ललितपुर शाखाद्वारा आज आयोजित नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा उनले समाज रूपान्तरणमा पत्रकारको भूमिकाको प्रशंसा गर्दै जिम्मेवारीअनुसार भूमिका निर्वाहका लागि आग्रह गरे ।

अध्यक्ष दाहालले सुशासन र आर्थिक समृद्धिका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस क्षेत्रमा थप क्रियाशीलताका लागि आग्रह गरे । “अहिले देशमा सुशासन र आर्थिक समृद्धिको कुरालाई जीवन र व्यवहारमा उतार्नेभन्दा पनि आदर्शका रूपमा मात्रै प्रस्तुत गरिरहेको भान हुन्छ । आदर्श एउटा कुरा हो, त्यसलाई जीवन र व्यवहारमा लागू गर्नु अर्को कुरा हो । यी अन्तर विरोधलाई हल गर्न पत्रकारले जिम्मेवारी निर्वाह गर्न सक्नुपर्छ”, उनले भने ।

अध्यक्ष दाहालले सत्य तथ्यमा आधारित भएर समाचार प्रस्तुत गरे मात्रै समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखे । “आम मानिसले पत्रकारले दिने समाचारअनुसार धारणा बनाउँछन् । त्यसै कारण हामीले गम्भीर भएर समाचार प्रस्तुत गर्नुपर्छ”, उनले भने ।

मिडिया काउन्सिल विधेयक सदन सञ्चालन हुनेवित्तिकै प्रस्तुत हुने भन्दै अध्यक्ष दाहालले पत्रकारिता व्यवस्थित गर्न आवश्यक ऐन, कानुनका सम्बन्धमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले नागरिक संस्थाको रूपमा महासंघको उचाइ र मर्यादालाई ध्यान दिनुपर्नेमा जोड दिए । उनले श्रमजीवी पत्रकारले निर्बाध र सुरक्षित रूपमा लेख्न पाउने अधिकारको सुनिश्चितताका लागि महासंघ निरन्तर क्रियाशील हुने बताए । 

अध्यक्ष शर्माले सामाजिक सञ्जालमा भ्रामक कुराले प्राथमिकता पाइरहेकाले पत्रकारले सही सूचना प्रवाह गर्न मिडिया साक्षरता आवश्यक रहेको बताए । 

महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले पत्रकारको हकहित र जिल्लामा सञ्चालित स्वरोजगार मूलक मिडियाको व्यवस्थापनका लागि सहजीकरण गर्ने बताए । निर्वाचन समितिका संयोजक सुरेन्द्र चालिसे, महासंघ ललितपुरका भूतपूर्व अध्यक्ष सागर न्यौपानेलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस