२८ फाल्गुन २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाममा नागरिकताको सिफारिस अनलाइनबाटै लिने प्रक्रिया सुरु 

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय अछाममा अब नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने भएको छ । यस प्रणालीले प्रिन्ट गरिएको अनुसूची सिफारिसलाई विस्थापन गर्दै अनलाइन माध्यमबाट नागरिकताको सिफारिस पठाउने सुविधा प्रदान गरेको छ ।

यससँगै जिल्लावासीले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन जाँदा आफ्नो स्थानीय तहबाटै सिफारिस प्राप्त गर्न सक्ने प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए । यो सेवा गृह मन्त्रालय अन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मार्फत प्रदान गरिएको उनले बताए 

सेवाग्राहीको विवरण प्रणालीमा प्रविष्ट गरेपछि सिधै सिफारिस तयार हुने उनले बताए । प्रिन्ट गरिएको सिफारिसमा वडाध्यक्षको सही र छाप लगाएर सीसीआईएमएसमा अपलोड गरिनेछ । यसपछि सेवाग्राहीले आवेदन नम्बर प्राप्त गर्नेछन् ।

उक्त नम्बरको आधारमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन सहज हुनेछ  । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको प्रजिअ लम्सालको भनाइ छ ।

अनलाइन प्रणाली सुरु भएसँगै अछामका ग्रामीण भेगका नागरिकहरूले नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आउँदा अनुसूचीमा आउने सामान्य समस्या पनि हल्ल हुने छ ।

यो प्रणाली सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयको समन्वयमा गृह मन्त्रालयले पौष १८ गते अछामका ९१ वटै वडाका वडा सचिव अछामका १० वटै स्थानीय तहका सूचना तथा प्रविधि अधिकृत लाई भर्चुअलबाट तालिम दिइएको प्रजिअ लम्सालले बताए । नागरिकताको सिफारिस अनलाइनबाटै लिन सकिने प्रणाली लागु गरेको अछाम २४ औँ जिल्ला हो ।

प्रतिक्रिया दिनुहोस