७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीद्वारा दुई अर्ब २४ करोड बढी राजस्व संकलन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट रु. दुई अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ ।

विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व संकलन गरिएको हो ।

प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट रु. ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व संकलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट रु. ५२ करोड सात लाख अदालती फैसला कार्यान्वयनतर्फ रु. ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट रु. २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी रु. चार करोड ३७ लाख राजस्व संकलन गरिएको उनले जानकारी दिए ।

त्यसैगरी स्रोत नखुलेको रु. दुई करोड ९० लाख, हुण्डी कारोबार नियन्त्रणबाट रु. एक करोड ८३ लाख अवैध काठ बरामदबाट रु. एक करोड २० लाख राजस्व संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट रु. एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट रु. ९२ लाख बढी राजस्व संकलन गरिएको अधिकारीले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस