६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्दै गोरखा नगरपालिका

अ+ अ-

गोरखा । गोरखा नगरपालिकाले ‘गोरखा भ्रमण वर्ष २०२५’ सफल बनाउन विभिन्न कार्यतालिका सार्वजनिक गरेको छ । नगरपालिकाले गोरखा भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउनका लागि विभिन्न ३२ योजनासहितको कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अन्तर्गत गोरखामा ऐतिहासिक, धार्मिक तथा खेल क्षेत्रको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि देशभरका सातवटै प्रदेशमा ‘जाउँ है गोरखा कार्यक्रम’देखि लिएर प्रदेशस्तरीय खेलकुद प्रतियोगितासमेतको आयोजना गर्न लागिएको नगरप्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए ।

‘‘गोरखालाई धार्मिक, ऐतिहासिक तथा खेल क्षेत्रसँग जोडेर यहाँको पर्यटनको विकासका लागि नगरपालिकाले नयाँ नयाँ योजनाको थालनी गर्न लागेको हो, उनले भने, ‘‘अब पर्यटकलाई गोरखा घुम्न आउनका लागि प्रोत्साहित गर्छौँ ।’’

गोरखा घुम्न आउने पर्यटकलाई लक्षित गरेर नगरपालिकाले नगरभित्रका ५६ वटा धार्मिक एवं पर्यटकीय स्थलको पहिचान गरेर ‘बुकलेट’समेत तयार पारेको नगरप्रमुख राना मगरले जानकारी दिए । आँबुखैरेनी हुँदै गोरखा प्रवेश गर्ने पर्यटकका लागि पर्यटकीय स्थल पुग्ने बाटोको सूचना दिन क्यूआर कोडसहितको ‘स्टे«ट नम्बर’ राख्ने तयारी नगरपालिकाले गरेको छ ।

‘‘क्यूआर स्क्यान गरेपछि पर्यटकले सम्बन्धित पर्यटकीय स्थल र त्यसको महत्वका बारेमा थाहा सजिलै पाउन सक्छन्, उनले भने, ‘‘आउँदो माघ महिनाभित्रमा यो काम सम्पन्न गर्ने नगरपालिकाको कार्य योजना छ ।’’ त्यस्तै पर्यटकलाई जिल्ला पर्यटकीय स्थलको जानकारी दिने सदरमुकामस्थित बसपार्क नजिकै रहेको बहुउद्देश्यीय भवनमा नगरपालिकाले सूचना केन्द्र स्थापना गर्ने योजना बनाएको छ ।

नगरपालिकाले धार्मिक पर्यटक भित्र्याउनका लागि गोरखामा विश्वनाथ योगीको सम्मेलन गर्ने, गोरखनाथदेखि गोरखपुरसम्म खिचडी यात्रा गर्ने, रोट महोत्सव तथा शान्ति पदयात्रा कार्यक्रम गर्ने, काठमाडौँ, पोखरा, लुम्बिनी, बन्दीपुर सौराहलगायतका स्थानमा पर्यटन सञ्जाल गठन गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।

‘‘गोरखा आउने पर्यटक सहजीकरणमा मद्दत पुर्‍याउनका लागि विविध पर्यटन प्रवर्द्धनसम्बन्धी तालिम सञ्चालन गरिनेछ, नगरप्रमुख राना मगरले भने, ‘‘त्यसबाहेक सामाजिक सञ्जालमार्फत पनि गोरखाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पर्यटनसँग सम्बन्धित प्रतियोगिता आगामी फागुनमा गर्ने योजना बनाइएको छ ।’’

नगरपालिकाले गोरखा भ्रमण वर्ष सफल बनाउनका लागि होटल व्यवसायी संघको आयोजनामा पर्यटन व्यवसायीको भेला, नगरपालिकामा गण्डकी प्रदेशस्तरीय न्यायिक भेला २०८१,  पर्यटनसम्बन्धी छलफललगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस