काठमाडौँ। ग्रेटर नेपाल अभियान चलाइरहेका फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहदरवार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीले जनाएको छ ।
नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर उनले अभियान सञ्चालान गर्दै आइरहेका छन् ।
नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सोमबार १२ बजेदेखि ४ बजेसम्म सिंहरदरवारको दक्षिणी ढोकामा धर्नामा बस्ने जानकारी गराएका थिए ।