१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वव्यापी दुई धारमध्ये हामीले प्रगतिशील धार समात्नुपर्छ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता/कार्यकर्तालाई नियमित रूपमा योग र ध्यान गर्न आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले योग र ध्यानबारे विश्वव्यापी अवस्थाको पनि विश्लेषण गरे ।

‘बिलकुल धार्मिक अन्धविश्वासँग जोडेर योग र ध्यानको दुरुपयोग गर्ने प्रवृत्ति पनि छ । यसलाई वैज्ञानिक र प्रगतिशील बनाउँदै अगाडि बढ्ने धार पनि विश्वव्यापी छ’ ‘प्रचण्ड’ले भनेका छन् ।

योग र ध्यानबारे विश्वव्यापी रहेको दुई धारको प्रवृत्ति नेपालमा समेत अनुभूत गर्न सकिने उनले बताए ।

‘नेपालमै पनि योग र ध्यानको कुरा गर्ने गुरुहरू एकथरी प्रगतिशील खालका छन्, उनीहरू हामीसँग जोडिन चाहेका हुन्छन्, हाम्रो विचारलाई राम्रो मान्छन् । एकथरी बिलकुल धार्मिक ढंगले लान चाहन्छन् । त्यसकारण हामीले प्रगतिशील अग्रगामी सोच सहितको योग ध्यानको कुरा गरेका हौँ,’ उनले भने ।

योग र ध्यानको विषय राख्दा स्थानीय समितिको बैठकमा समेत कतिपयले चासो राखेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले माओवादीका नेता/कार्यकर्ताले प्रगतिशील धार समात्नुपर्ने बताए ।

अध्यक्ष ‘प्रचण्ड’ले पार्टीको आठौँ महाधिवेशनले लिएको निर्णय अनुरूप पार्टीका सबै सदस्यहरूले योग र ध्यानलाई वैज्ञानिक रूपमा आत्मसाथ गर्दै त्यसलाई नियमित अभ्यासको विषय बनाएको पनि उनले विश्वास व्यक्त गरे ।

‘प्रचण्ड’को कार्य योजनाममै भनिएको छ, ‘योग र ध्यान शिविरहरू आयोजना गरिनुपर्दछ ।’

प्रतिक्रिया दिनुहोस