६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यव्यवस्था समिति सभापति खतिवडा र हृदयराम थानीबीच चर्काचर्की 

अ+ अ-

काठमाडौँ । राज्यव्यवस्था समितिको आजको बैठकमा सभापति रामहरि खतिवडा र सदस्य हृदयराम थानीबीच चर्काचर्की परेको छ । आफू बोलिरहेको बेला बीचमै कुरा काटेको भन्दै थानी झर्किएपछि केही बेर अवस्था असामान्य बनेको थियो ।

त्यसक्रममा थानीले भने, ‘तपाईँ नै माननीय, तपाईँ नै राज्यव्यवस्था समिति, तपाईँ नै बोल्नुस्।’

बैठकमा थानीले विभिन्न ठूला काण्डका उजुरीमाथि छानबिन गरेर राज्यव्यवस्था समितिले आँट गरेको भन्दै आफ्ना भनाइ सुरु गरेका थिए । तर ती उजुरीमाथि छलफल गर्न अरु विधेयकहरू अलपत्र परेको गुनासो पनि उनले गरे ।

‘अख्तियारको उजुरी पनि यहीँ, विद्युत् प्राधिकरणको उजुरी पनि यहीँ, गृहको उजुरी पनि यहीँ, सारा संसारभरीको उजुरी राखेर सक्छ त राज्य व्यवस्था समितिले रु’ प्रश्न गर्दै थानीले भने, ‘विधेयक अड्किएर बसिरहेका छन् यहाँ । अँस्ती न्यायपरिषदको विधेयक पास गर्‍यौँ, संसदमा गएर सुतेर बसेको छ । भ्रष्टाचारको पास गर्‍यौँ त्यो पनि जाँदै होला । अख्तियारको यहीँ, म त आइसियुमा भन्ने गरेको छु, राज्य व्यवस्थामा यहीँ आइसियुमा सुतिराख्या छ । अरु विधेयकहरू यहीँ छरिएर बसिराख्या छन् ।’

थानीले बोल्दा समिति सभापति रामहरि खतिवडाले ‘धेरै भएको छैन, समितिले लान्छ’ भने ।

त्यसपछि थानी झर्किए । ‘सभापति जी कति बोल्नु हुन्छ रु म पनि सभापति भएर बस्या मान्छे । तपाईँ नै बोल्नुस् त्यसोभए । ल तपाईँ बोलिरहनुस्, म बोल्दिनँ ।’

रामहरिले उनलाई रोक्न खोजे । तर थानी रोकिएनन् । उनले थपे, ‘तपाईँ नै माननीय, तपाईँ नै राज्यव्यवस्था समिति, तपाईँ नै बोल्नुस् । कुरा काट्नु भाछ, कुरा काट्नुभाछ‘।’

रामहरिले फेरि भने, ‘हैन समितिमा लगिसकेको छ‘।’

थानी झन् चर्किए, ‘तपाईँलाई अधिकार छ रु सबै अधिकार तपाईँलाई छ रु जे पायो त्यही बोल्ने, कुरा काट्ने छ ?’

रामहरि भन्छन्, काटेको होइन । आइसियुमा छ भन्नु हुन्छ । लाने हो, सहमतिमै लाने हो ।

तर थामीले अब नबोल्ने अडान राख्छन्, ‘म बोल्दिनँ भनेपछि अब बोल्दिनँ । भैगो बोल्नुस्, तपाईँ । जति बोल्नुहुन्छ, बोल्नुस् । तपाईँ नै हुनुहुन्छ सभापति । तपाईँले सबै जान्नुभएछ, तपाईँ नै बोल्नुस्, म बोल्दिनँ ।’

प्रतिक्रिया दिनुहोस