काठमाडौँ । शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौँको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईँले आन्दोलन स्थगित गरेका छन् ।
सोमबार माइतीघर पुगेर शिक्षामन्त्री विद्या भट्टराईले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि चापागाईँले आन्दोलन स्थगित गरेका हुन् ।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाईँ सातै प्रदेशमा दुई-दुई घण्टा उभिएर काठमाडौं आएका थिए ।
काठमाडौँमा उनी उभिन थालेको सोमबार आठौँ दिन हो । खुट्टा सुन्निएपछि उनी बैसाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिएका थिए ।