काठमाडौँ । जय ट्रफी एलिट कप क्रिकेटमा मधेश प्रदेशले बाग्मती प्रदेशलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।
दोस्रो पारीमा ९ विकेट गुमाएर २ सय ११ रन बनाएको अवस्थामा मधेशले पारी समाप्तिको घोषणा गरेको हो । मधेशका मयन यादवले शतक बनाए । मयन १ सय ८ बलमा १ सय ६ रन बनाएर आउट भए ।
जय ट्रफी एलिट कपमा यो पहिलो शतक हो । बाग्मतीका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । बागमतीले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।
मधेशले पहिलो पारीमा १ सय २ रन र बाग्मतीले १ सय ५० रन बनाएको थियो ।
दुई दिवसीय फर्म्याटमा हुने जय ट्रफीमा चार वटा टोलीको सहभागिता छ । हिजोदेखि सुरु भएको प्रतियोगितामा लिग चरणका खेल सिंगल राउन्ड रोबिनका आधारमा हुनेछ । लिग चरणका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल तीन दिवसीय फर्म्याटमा हुनेछ ।