काठमाडौँ । लोक सेवा आयोगले अ.हे.व. पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोग कार्यालयले आज सूचना जारी गरी अ.हे.व. पदको लिखित नतिजा सार्वजनिक सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको विज्ञापन नं १६३६१/०८०-८१ (महिला), स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अ.हे.व. पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।

यस्तै आयोगले आयोगको धनकुटा कार्यालयको विज्ञापन नं १०११६/०८०-८१ (खुला), स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह, अ.हे.व. पदको लिखित परीक्षाको नतिजा पनि आज सार्वजनिक गरेको छ ।
