६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँलगायत सात जिल्लाका सिडिओसहित १२ सहसचिव तथा उपसचिवको सरुवा 

अ+ अ-

काठमाडौँ। काठमाडौँलगायत सात जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) सहित १२ जना सहसचिव तथा उपसचिवहरूको सरुवा भएको छ ।

प्रशासन सिँहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ भने सुनसरीका प्रजिअ रामचन्द्र तिवारी गृह मन्त्रालयमा आएका छन् । यस्तै गृह मन्त्रालयका सहसचिव गोगन बहादुर हमाललाई मिश्रको ठाउँमा कैलालीको प्रजिअ बनाई पठाइएको छ । 

यस्तै गृह मन्त्रालयका सहसचिव तुलसी बहादुर श्रेष्ठलाई सर्लाहीमा पदस्थतापन गरिएको छ । मोरङका प्रजिअ प्रेम प्रसाद भट्टराई र झापाका प्रजिअ बन्धु प्रसाद बास्तोलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । त्यसैगरी गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई मोरङ, सर्लाहीका प्रजिअ गोपाल कुमार अधिकारीलाई झापा र काठमाडौँका प्रजिअ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

यसैगरी गृह मन्त्रालयमा सहसचिव ऋषिराम तिवारीलाई काठमाडौँको प्रजिअ बनाई पठाइएको छ भने जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय सल्यानको प्रजिअमा खटाइएको छ । र जिल्ला प्रशासन कार्यालय सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । 

पछिल्लो समय कतिपय राम्रो काम गरिरहेका प्रजिअहरुलाई ठिकै व्यवस्थापन गरिएको छ भने कतिपयको अवस्थामा भने केही अन्याय भएको अधिकारीहरूले बताई रहेका छन् । 

प्रतिक्रिया दिनुहोस