९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ? 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवहरूको सरुवा गरेको छ । मन्त्रालयले सोमबार अतिरिक्त समूहलगायत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । 

कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अव्यवस्थाका कारण कर्मचारी संयन्त्र लथालिङ्ग हुँदै गएको छ।

चौतर्फी आलोचनासँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई तीन दिने चेतावनी पत्राचार गरेपछि सोमबार मात्रै मन्त्रालयले अतिरिक्तमा रहेका दर्जनौँ उपसचिवहरूको व्यवस्थापन गरेको हो।

सम्बन्धित समाचार : अतिरिक्तका कर्मचारीलाई तीन दिनभित्र व्यवस्थापन गर्न कडा निर्देशन, चौथो दिनमा सतर्कताले प्रगति पेश गर्नुपर्ने

पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आन्तरिक खिचातानीमा फसेको छ। मन्त्री र सचिवबिचको टसल सतहमै पुगेको छ, जसले कर्मचारी व्यवस्थापन मात्र नभई सेवा प्रवाहमा समेत प्रत्यक्ष असर पुर्‍याइरहेको छ। मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वको कमजोरीका कारण कर्मचारी व्यवस्थापन प्रभावकारी हुन नसकेको स्थिति झन् गम्भीर बनेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयको आफ्नै जिम्मेवारीभित्र पर्ने कामका लागि समेत पत्राचार गर्नु परेको घटनाले पनि सामान्य प्रशासन मन्त्रालयको नेतृत्व कतिसम्म अक्षम र असंगठित छ भन्ने कुरा छर्लङ्ग्याएको छ । यो अवस्थाले कर्मचारी संयन्त्रमा नकारात्मक प्रभाव मात्र पारेको छैन, नागरिकले पाउने सेवामा समेत गम्भीर समस्या उत्पन्न गराएको छ।

प्रधानमन्त्री स्वयंले यो अव्यवस्था र भद्रगोलबारे तत्काल हस्तक्षेप गर्नु अपरिहार्य देखिन्छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्ना कामकारबाहीलाई सुधार गर्न नसक्ने हो भने कर्मचारी संयन्त्रको प्रभावकारिता कायम गर्न झन् गहिरिँदै जाने निश्चित छ । मन्त्रालयभित्रको आन्तरिक द्वन्द्व समाधान गर्दै कर्मचारी व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउनु अहिलेको प्रमुख चुनौती बनेको छ।

यता प्रधानमन्त्री केपी शर्मा ओली नतिजा आएन भनिरहेका छन् भने उता मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदी आ–आफ्नै जुँगाको लडाइमा छन् । त्यसैको चेपुवामा छ सिँगो मन्त्रालय । 

थप अपडेट हुँदै..

प्रतिक्रिया दिनुहोस