७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष निर्णय गरेर गेटामा असारदेखि नै एमबीबीएस पढाउन सकिन्छ : स्वास्थ्य मन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा मेडिकल कलेजमा आगामी असारदेखि एमबिबिएसको पढाइ सुरु गर्न सकिने बताएका छन् ।

मंगलबार गेटा मेडिकल कलेजमा निर्माण गरिएका भौतिक संरचनाको स्थलगत निरीक्षण गर्ने क्रममा उनले चालु आर्थिक वर्षभित्रै ३०० शैय्याको अस्पताल सञ्चालन गरी आउँदो असारदेखि नै एमबिबिएसको पढाइ गर्न सकिने बताएका हुन् ।

चिकित्सा शिक्षाको अध्यापनका लागि ३०० शैय्याको अस्पताल सञ्चालन भएको कम्तीमा तीन वर्ष पुगेको हुनुपर्छ । तर, मन्त्री पौडेलले भने विशेष निर्णय गराएर भए पनि गेटामा एमबीबीएस पढाइ सुरु गर्न सकिने आश्वासन दिए ।

‘सुदूरपश्चिम बाहेकका ६ प्रदेशमा एमबिबिएसको पढाइ सुरु भइसकेको छ । यहाँ चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै ३०० शैय्याको अस्पताल बन्ने बित्तिकै एमबिबिएसको पढाइ गर्न सकिने विशेष निर्णय गर्न सक्छ,’ उनले भने, ‘मेरो प्रयास त्यसतर्फ रहेको छ ।’

सरकारले विशेष निर्णय गरेर एमबिबिएसको पढाइ सुरु गरे सुदूरपश्चिमलाई न्याय हुने र सरकारले समेत सबै प्रदेशमा एमबिबिएसको पढाइ सञ्चालन गरिसकेको भन्न सक्ने अवस्था आउने उनले बताए ।

काँग्रेस सभापति शेरबहादुर देउवाले पनि आफू मन्त्री हुने बित्तिकै बोलाएर गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको समेत पौडेलले स्मरण गरेका छन् ।

उनले मेडिकल विश्वविद्यालय बन्दैनन् भन्ने मानसिकता त्याग्न आग्रह पनि गरे । ३०० र ६०० शैय्याको अस्पताल चलेको ठाउँ, एमबीबीएस र एमडीको पढाइ भइरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन् सजिलो हुने भएकाले क्रमिक रूपमा हुने विकासमा शंका नगर्न मन्त्री पौडेलले आग्रह गरेका छन् ।

गेटामा सरकारले करिब सात अर्ब खर्च गरेर मेडिकल कलेज सञ्चालन गर्न भौतिक संरचना निर्माण गरेको छ । ती संरचनामा सरकारले १०० शैय्याको अस्पताल घोषणा गरेको छ तर अहिले ५० शैय्यामात्रै सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस