८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा ६ अंकको वृद्धि

अ+ अ-

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ६.१६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशतले बढेर समग्र नेप्से २ हजार ६ सय ४६.८४ बिन्दुमा पुगेको हो । अघिल्ला चार कारोबार दिन सामान्य बढेको नेप्से मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

उक्त दिन कारोबारमा आएकामध्ये १२६ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १०७ वटाको घट्यो भने बाँकी १० वटा कम्पनीको स्थिर रह्यो ।

६६ हजार ६ सय २६ पटकको कारोबारमा १ करोड २० लाख ८१ हजार ६ सय ६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये बैकिङ, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेका छन् ।

प्रतिक्रिया दिनुहोस