२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१३ हजारको ६१ करोड बढी बचत अपचलन भएको अम्बे कोशी सहकारी समस्याग्रस्त घोषित

अ+ अ-

काठमाडौँ। केही दिनअघि कोशी प्रदेश सरकारले गठन गरेको संकटग्रस्त सहकारी व्यवस्थापन समितिले काम थालेको छ ।

समितिको सिफारीसमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । १३ हजार बचतकर्ताबाट ६१ करोड रूपैयाँभन्दा बढी हिनामिना भएको अम्बे बचत तथा ऋण सहकारीमा बचत कर्ताको रकम फिर्ता गर्नका लागि थप अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार समितिले प्रदेशका अन्य समस्याग्रस्त सहकारीहरूको पनि अध्ययन भइरहेको छ । अम्बे सहकारीले विराट चोक, विराटनगर र दमकमा शाखा कार्यालय स्थापना गरे बचत तथा ऋणको कारोबार गर्दै आएको थियो । पछिल्लो समय बचतकर्ता आन्दोलित थिए ।

बचतकर्ताको रकम फिर्ता नभएपछि सहकारीका अध्यक्ष फणीन्द्र मगर हाल पुर्पक्षका लागि थुनामा छन् भने केही सञ्चालक धरौटीमा रिहा भएका छन् ।

कोशी सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको थियो । समिति गठन भएको पाँच दिनपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।

सहकारीले फर्जी ऋणी खडा गरेर बचतकर्ताको रकम हिनामिना गरेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस