८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछामको बिकट ढुंगाचाल्लामा सुविधा सम्पन्न प्रहरी चौकीको उद्घाटन

अ+ अ-

काठमाडौँ । अछामको ढकारी गाउँपालिका-६ मा अवस्थित प्रहरी चौकी ढुंगाचाल्लाको एक समारोहका बीच उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी)गणेश चन्दले नवनिर्मित भवनको उद्घाटन गरेका  हुन् । 

नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्दै डिआइजी चन्दले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताए। उनले प्रहरी आफैँलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताए ।

जिल्लाको बिकट ठाउँमा यत्तिको सुविधा सम्पन्न भवन निर्माण हुँदा यहाँका आम नागरिक लाई छिटो ,छरितो र सहज तरिकाले सेवा प्रवाह हुने उनको भनाइ छ ।

नेपाल प्रहरीलाई भौतिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल प्रहरीको नियमित बजेट बाट प्रहरी चौकी निर्माण गरिएको नियमित डीआईजी चन्दले बताए ।

प्रहरीले ढकारी गाउँपालिका क्षेत्र मात्रै नभएर तुर्माखाद गाउँपालिकाको क्षेत्रमा समेत शान्ति सुरक्षा दिन सक्ने भएकोले यस ठाउँका नागरिकहरुले सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले बताए ।

ढुंगाचाल्ला प्रहरी चौकीमा फर्निचर व्यवस्थापनका लागी गाउँपालिकाले ३ लाख रकम समेत बिनियोजन गरेको अध्यक्ष साउदले बताए ।

सीमित स्रोत साधनको बाबजुद पनि ग्रामीण भेगमा सुविधा 
सम्पन्न भवन निर्माण हुनुमा यहाँको नागरिकले आफुलाइ भाग्यमानी ठान्नुपर्ने प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बताए । जिल्लामा शान्ति सुरक्षा कायम गराउने सन्दर्भमा जिल्लाको प्रहरी प्रशासन कटिबद्ध रूपमा लागिपरेको समेत बताए ।

जिल्लाको विकट क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण भएकोमा स्थानीय खुशी भएका छन् । समाजमा शान्ति सुरक्षा अमन चयनमा ठुलो सहयोग पुग्ने स्थानीयले बताएका छन । साथै स्थानीय हरूले यस चौकीमा महिला प्रहरीको समेत माग गरेका छन् ।

तिन करोड अन्ठाउन्न लाख एकहक्तर  हजार नौ सय चौरहत्तर रुपैयाँमा भवन निर्माणको जिम्मा आलोक बिल्डर्स प्रालिले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस