काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुखुरा बोक्ने एक सवारीका धनीलाई १५ हजार जरिवाना गरेको छ ।
काठमाडौँ-१५ स्थित सडक पेटीमा कुखुरा बोक्ने सवारीसाधनले कोल्डस्टोरमा कुखुरा झारेपछि सडकमा भुत्लासहित फोहोर गरेको भन्दै जरिवाना गरेको हो ।
सवारी धनी राजकुमार ढुंगानालाई कारवाही गरिएको महानगरले जनाएको छ ।