काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा जारी छ।
साँझ ७ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको हो। बैठकको मुख्य कार्यसूची सशस्त्र प्रहरी बल नेपालको चार जना डिआइजीहरूको पदावधि थप गर्ने विषय रहेको बताइएको छ। ती डिआइजीहरूको पदावधि आज राति १२ बजे समाप्त हुने भएकाले पदावधि थप्ने निर्णय गर्न बैठक बोलाइएको एक अधिकारीले प्रशासनलाई जानकारी दिएका छन्।
त्यसका साथै बैठकमा अन्य नियमित र आकस्मिक निर्णयहरू समेत हुन सक्ने अनुमान गरिएको छ। आजको बैठकमा केही सचिवहरूको सरुवासमेत हुन सक्ने पनि बुझिएको छ ।
सम्बन्धित समाचार : प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक