१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पका कारण नेपालमा ११ जना बेहोस, दुई घाइते, चनाखो हुन अनुरोध

अ+ अ-

काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।

यद्यपि विवरण संकलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उनले राससलाई बताए । उनले भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते पनि जानकारी दिए ।

काठमाडौँमा भाग्दा घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका एक जना माथिबाट ढुंगा खसेर घाइते भएका अधिकारीले जानकारी दिए ।

ओखलढुंगामा एक घर पूर्ण र दुई घरमा सामान्य तथा संखुवासभामा एक घरमा सामान्य क्षति भएको पनि उनले बताए । उनका अनुसार सोलुखुम्बुमा एक पूर्ण र एक आंशिक तथा तीन घरमा सामान्य क्षति भएका तथा ताप्लेजुङमा तीन, सिन्धुपाल्चोकमा एक र रामेछापमा एक घरमा सामान्य क्षति भएको छ ।

चनाखो हुने अनुरोध
यसैबीच सरकारले छिमेकी मित्रराष्ट्र चीनको तिब्बत (सिचाङ) स्वशासित क्षेत्रको काउन्टी केन्द्रविन्दु बनाएर गएको ७.० म्याग्नेच्युडको भूकम्पबाट भएको क्षतिबारे जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको छ । 

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति भएको जानकारीप्राप्त नभएको जानकारी गराउँदै विवरण संकलन भइरहेको जनाएको छ । 

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै भूकम्पको केन्द्र नजिकका उत्तरपूर्वी जिल्लाका केही भवन संरचनामा सामान्य क्षति पुगेको खबर प्राप्त भएका जानकारी दिए । 

उक्त भूकम्पका परकम्प निरन्तर आइरहेको र थप परकम्प आउन सक्ने भएकोले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन स्थानीय प्रशासन, सुरक्षा निकायलाई निर्देशन भएको उनले बताए ।  

“सबै नागरिकलाई चनाखो रहन तथा कुनै खालको क्षति भएको भए आफ्नो स्थानीय तह, नजिकैका सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ । विपद्मा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्राधिकरणले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

प्रतिक्रिया दिनुहोस