६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवेणीका किसान सुन्तला र अलैँची खेतीमा आकर्षित

अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका पछिल्लो समय व्यावसायिक सुन्तला खेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो रु. ५२ का दरले सुन्तला बिक्री भएको छ ।

उनका अनुसार पालिकावासीले यस वर्ष सुन्तला बिक्रीबाट रु. एक करोड एक लाख आठ हजार आठ सय आम्दानी गरेका छन् । केही स्थानमा सुन्तला बिक्री हुन बाँकी रहे पनि अधिकांश किसानले सुन्तला बिक्री गरिसकेको छन् । व्यावसायिक सुन्तला खेती गर्ने एक सय तीन जना किसानमध्ये २२ जना किसानको सुन्तला असिनाले क्षति पुर्‍याएको थियो । असिनाले क्षति नपुर्‍याएका ठाउँमा भने किसानले सुन्तलाबाट राम्रो मनग्य गरेका छन् ।

व्यावसायिक सुन्तला खेती गर्ने प्रत्येक किसानले चार रोपनी क्षेत्रफलभन्दा बढी जग्गामा सुन्तला खेती गर्दै आइरहेका छन् । एक रोपनी क्षेत्रफलमा छ क्विन्टलसम्म सुन्तला उत्पादन हुने गरेको कृषि शाखा प्रमुख पुनले जानकारी दिए । पालिकाभर तीन सय २४ रोपनी अर्थात् १६ दशमलव दुई हेक्टरमा सुन्तला खेती भइरहेको छ । व्यावसायिक रूपमा पालिकाको वडा नम्बर १, ४, ५, ६ र ७ का किसानले सुन्तला उत्पादन गर्दै आएका छन् ।

सुन्तला खेतीबाट गत वर्षभन्दा यस वर्ष राम्रो आम्दानी भएको त्रिवेणी-४ जुगेपानीका ५२ वर्षीय किसान चन्द्रबहादुर खड्काले बताए । यो सिजनमा सुन्तला बिक्रीबाट रु. सात लाख ८३ हजार आम्दानी गरेको खड्काको भनाइ छ । “सुन्तला बिक्री गर्न समस्या छैन, खरिद गर्न व्यापारी घरमै पुग्छन्, घरबाटै रु सात लाख ८३ हजारको सुन्तला बेचेँ”, खड्काले भने ।

प्रतिकिलो रु. ६२ का दरले घरबाटै सुन्तला बिक्री गरेको उनले बताए । यस पटक एक सय ४२ क्विन्टल सुन्तला बिक्री गरेको उनले बताए । यस वर्ष सुन्तला राम्रो उत्पादन भएको र मूल्य पनि राम्रै पाएको खड्काको भनाइ छ । अन्य खेती छाडेर उनले व्यावसायिक रूपमा सुन्तला र अलैँची खेती गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस