काठमाडौँ । १२ शाखा अधिकृत उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा शाखा अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
लोक सेवा आयोगको सिफारिस अनुसार २०८१ पुष २४ गते बसेको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकनद्वारा हुने नेपाल विविध सेवा, सूचना प्रविधि निर्देशक समूहतर्फ रिक्त उपसचिव पदमा ४ जना र नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहतर्फ ८ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
