६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा हराएका ३३ दुई पाङग्रे सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा बिहीबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ मोटरसाइकल र आठ स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हराएका ती सवारीसाधन काठमाडौँको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाँटार, धर्मस्थली, नयाँ बसपार्क, बौद्धलगायत स्थानबाट ट्राफिक प्रहरीले फेला पारेको हो ।

ट्राफिक प्रहरीले चालु आवको हालसम्ममा काठमाडौँ उपत्यकाबाट विभिन्न समयमा हराएका दुई सय ७३ सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २८ दुई पाङ्ग्रे सवारीसाधनसहित सो कार्यमा संलग्न ४० जनालाई आवश्यक कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/८० मा चार यस ९९ र आव २०८०/८१ मा चार सय १७ दुई पाङ्ग्रे सवारीसाधन खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गर्न तथा सर्वसाधारणको आवत–जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरे ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३, नेपाल प्रहरीको हटलाइन १०० मा फोन गर्न र नजिकको प्रहरी चौकीमा निवेदन दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस