काठमाडौँ । एकीकृत समाजवादी निकटको कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्रीले निजामती ऐनको नाम बदल्न माग गरेका छन् ।
संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि शुक्रवार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राय प्रस्तुत गर्दै उनले यस्तो माग गरेका हुन् ।
‘संघीय निजामती सेवा ऐनको नाम बदल्न सकिन्छ । सरकारी सेवा ऐन वा संघीय सेवा ऐन भन्न सकिन्छ,’ उनले समितिको बैठकमा बताए ।
निजामती ऐनको नामबाट ‘निजामती’ शब्द हटाउनुपर्ने उनको माग छ ।