काठमाडौँ । सूर्य दर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लीला पछाईं धरौटी बुझाएर शुक्रवार रिहा भएकी छन् । जिल्ला अदालत कास्कीले उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो ।
शुक्रवार धरौटी बुझाएर उनी रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लीलासहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।
बिहीबार धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङ रिहा भएका थिए ।