६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को बैठक चाँडै आह्वान हुने सभापति खतिवडाको विश्वास

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसद्को बैठक यथाशीघ्र आह्वान हुने विश्वास व्यक्त गरेका छन् । 

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै सभापति खतिवडाले संसद् समयमा सञ्चालन नहुँदा कतिपय विधेयक अलपत्र परेका बताए । सरकारले यथाशीघ्र संसद् बैठक आह्वान गर्ने उनले विश्वास व्यक्त गरे ।

सभापति खतिवडाले कतिपय विधेयकका बारेमा राज्यव्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको जनाउँदै एउटा संसद्पछि अर्को संसद् छ महिनाभित्र बोलाउनुपर्ने संवैधानिक अवस्था अनुसार यथाशीघ्र बैठक आह्वान गर्नुपर्नेमा जोड दिए । 

“म सभापति रहेको समितिमा छलफलको क्रममा रहेको निजामती विधेयकका बारेमा सरकारको कुनै धारणा आएको छैन, निजामती कर्मचारी उमेर ६० वर्ष राख्ने विषय छलफलका क्रममा रहेको छ, सरकारले ल्याएका कतिपय विधेयकलाई असहमति जनाउने संसद्को अधिकार हुन्छ”, उनले भने । 

सभापति खतिवडाले भने, “सरकारले सबैसँग छलफल गरी सहमतिका आधारमा संविधान संशोधन गर्ने जनाइरहेकाले सरकारले चाँडै संविधान संशोधनको विषयलाई अगाडि बढाउने विश्वास लिएको छु ।”

जलपान समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, नेता डा. भीम रावल, प्रतिनिधिसभाका सांसद, राष्ट्रियसभाका सांसद, संवैधानिक आयोगका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेतालगायत व्यक्तिको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस